तथ्याङ्क समन्वय कार्यालय दाङबाट सम्पादित मुख्य मुख्य कार्यहरू
- वार्षिक राष्ट्रिय लेखा, त्रैमासिक राष्ट्रिय लेखा र मूल्य सूचकाङ्क सम्बन्धी तथ्याङ्क संकलन,
- जिल्लास्तरमा तथ्याङ्कीय सचेतनाको लागि विभिन्न गोष्ठी तथा कार्यक्रम सञ्चालन,
- राष्ट्रिय तथ्याङ्क कार्यालयको निर्देशनमा विभिन्न सर्वेक्षणमा सहभागी,
- कार्यक्षेत्र अन्तर्गत रहेका जिल्लाका ४८ वटा स्थानीय तहसँग तथ्याङ्कीय समन्वय गर्ने,
- कार्यक्षेत्र भित्रका जिल्लाहरूको विकास योजना निर्माण तथा कार्यान्वयन जस्ता कार्यहरूका लागि आवश्यक पर्ने तथ्याङ्कको उपलब्धताको मूल्यांकन गरी सहयोग र समन्वय गर्ने,
- जिल्लास्तरीय तथ्याङ्क विकास कार्यक्रम निर्माण गरी केन्द्रमा पठाउने तथा तथ्याङ्कीय क्रियाकलापहरूको समन्वय गर्ने,